राष्ट्रियसभा बैठक : विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । राष्ट्रियसभा आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक -२०७७ सर्वसम्मतिले स्वीकृत भएको छ ।
त्यसअघि विधेयक माथिको छलफलमा उठेका विषयमा बाल्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले वित्तीय अनुशासनमा ध्यान दिइएको कारण समयमा आयोजना र कायक्रमहरु सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको र त्यसपछि आर्थिक क्रियाकलाप रहेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले स्थानीय तहको सहकार्यमा कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिइएको बताउनुभयो ।उहाँले रकम थुपारिने तर काम नहुने प्रबितिको अन्त्य गरिने पनि स्पष्ट पार्नुभयो ।
त्यसअघि छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले अबको समृद्धिमा कृषिको विकल्प नरहेको बेला बजेटले कषिक्षेत्रमा निरास बनाएको र कृषि क्षेत्रको दायित्वबाट सरकार पन्छिन खोजेको आरोप पनि लगाउनुभयो ।
सांसद खिमलाल भट्टराईले निजीकरण र खुला अर्थतन्त्रका कारण देशको अर्थतन्त्रको ढाड भाचिएको बताउनुभयो ।
सांसद जितेन्द्र नारायण देवले सरकारले बजेट निमाणमा प्रतिपक्ष र विज्ञहरूको सुझाव नसमेटेको आरोप लगाउनुभयो ।
सांसद प्रमिला कुमारीले कायकर्ता पोस्ने र भ्रस्टाचार हुने कायकमहरुले निरन्तरता पाएकोमा आपत्ति जनाउनुभयो ।
सांसद गोपी अछामीले प्रतिकूल परिस्थितिमा सन्तुलित बजेट आएको बताउनुभयो ।
सांसद अनिता देवकोटाले बजेटले निम्न वर्गमा केन्द्रित हुन नसकेको आरोप लगाउनुभयो ।
सांसद देबेन्द दाहालले चुनौती सामना गर्नसके बजेटले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।
सांसद प्रकाश स्नेहीले बजेट यथार्थभन्दा टाढा रहेको टिप्पणी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्