सल्यानमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सल्यान । सल्यानमा १३ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ रातमाटाका ५६ वर्षीय नन्दे लोहारलाई बालिका जबरजस्ती करणी उद्योगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रातामाटाको जङ्गलमा बालिका बाख्रा चराउँदै गर्दा लोहारले जबरजस्ती करणीको प्रयास गरेका थिए । पीडित बालिकाले घरमा खबर गरेपछि लोहारलाई पाँच दिनपछि पक्राउ गरिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जनाकारी दिनुभयो ।
पक्राउ परेका लोहारलाई १० दिनको म्याद थप गरी अनुसन्धानको लागी हिरासतमा राखिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्