प्रदेश नं. २ को नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा पेश
जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम आज प्रदेश सभाको वैठकमा पेश गर्नु भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमले कोरोना महामारी नियन्त्रण, कृषि, पूर्वाधारको निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, वन तथा वातावरणको संरक्षण र विकासमा जोड दिईएको छ ।
प्रदेश सरकारले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रको लगानी दोब्बर बनाउने उल्लेख गरेको छ ।
प्रदेशमा स्तरीय क्वारेन्टाईन तथा आईसोलेशनको निर्माणमा जोड दिनुका साथै कोरोनाको परीक्षणका लागि किट तथा स्वास्थ्य सामाग्रीहरुको खरिदमा जोड दिने नीति प्रदेश सरकारले लिईएको प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्