रौतहटमा कोरोना सङ्क्रमितलाई स्थानान्तरण गर्ने क्रममा स्थानीय र प्रहरी बिच झडप
रौतहट । रौतहटको एक स्थानीय तहको दुई कोरोना सङ्क्रमितलाई आज स्थानान्तरण गर्ने विषयमा झडप भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–७ स्थित जोकाहामा रहेको अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेनटाइनमा रहेका कोरोना सङ्क्रमित दुई जनालाई जिल्लाको गरुडा नगरपालिकामा रहेको प्रहरी आवासीय विद्यालयमा रहेको आइसोलेसनमा लैजाने क्रममा स्थानीय र प्रहरी बिच झडप भएको हो ।
स्थानीयको घेराबन्दीबिच प्रहरीले १२ राउन्ड हवाई फायर गरेर सङ्क्रमित कोरोनाका बिरामीलाई तोकिएको आइसोलेसनमा ल्याइएको छ ।
सो क्वारेन्टाईमा रहेका उनीहरूको बिहीबार मात्रै कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो ।
स्थानीयको ढुङ्गामुुडाले प्रहरी चढेको भ्यानमा सामान्य क्षति भएको छ ।
प्रहरी उपरीक्षक रबिराज खड्काले घटनालाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको बताउनुभयो । सङ्क्रमितहरूलाई अन्यत्र नलगेर सोही नगरपालिका भित्र उपचार गराउनुपर्ने स्थानीयको माग रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्