बाँकेबाट थप ३ जना कोरोनामुक्त भएर घर फर्के
नेपालगञ्ज । बाँकेबाट आज थप ३ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का २ जना र बर्दिया राजापुरकी एक ११ बर्षिया बालिका कोरोनामुक्त भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुयभो ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत उनीहरु लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् ।
यो संगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको संख्या २४ पुगेको छ । बाँकेमा एक मृतकसहित कोरोना संक्रमित भने १ सय ७० पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्