तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंज नाकाबाट ४ सय ९९ नेपाली भित्रिए

वीरगञ्ज । भारतको रक्सौल नाका हुदै आज ४ सय ९९ जना नेपाली नागरिक भित्रिएका छन् । उनिहरुलाई सिमामा स्वास्थ्य चेकजाँच पछि उच्च सतर्कताका साथ नेपाल भित्र्याईएको छ ।

भारतको बिभिन्न शहर तथा क्वारेन्टाईनमा बसेका नेपाली नागरिकलाई दुई देशको सुरक्षाकर्मीको सहमतिमा आज बिहान नेपाल भित्र्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्कीले जानकारी दिनुभयो ।

बिगत एक महिना देखी रक्सौलको हजारीमल क्वारेन्टाईनमा बसेका २ सय २२ जना तथा भारतको दिल्ली, मुम्बई, कोलकोत्ता लगायतका शहरमा रोजगारीका लागी गएका नेपाली नागरिक, भारतको बैष्णोदेबी दर्शनका क्रममा जम्मु कश्मीर कटरा क्वारेन्टाईनमा अलपत्र परेका, उपचार तथा पढ्नका लागी भारत गएका समेत गरी ४ सय ९९ जना नेपाली नागरिक आज नेपाल प्रबेश गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताउनुभयो ।

नेपाल भित्रीनेमा बारा, पर्सा, रुकुम, नुवाकोट, रामेछाप, अछाम लगायत २८ जिल्लाका नागरिकहरु रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

नेपाल भित्रिएका मध्ये दाङ्गका ३९ जना, रुकुमका २५ जना, रोल्पाका ८ जना, रौतहटका १३ जना, वारा ३६ जना र पर्सा पोखरीयाको ५ जनालाई सम्बन्धित जिल्लाका जनप्रतिनिधि तथा स्थानिय प्रशासनको सम्पर्कमा बसबाट पठाईएको र अन्यलाई सम्बन्धित जिल्लाबाट स्थानिय प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा भोली पठाईने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

आज जान नसकेकाहरुलाई वीरगंजमै व्यवस्थित रुपमा क्वारेन्टाईनमा राखिने र भोली सबैलाई पठाईने जानकारी बस्नेतले दिनुभयो ।

यसैबीच, नेपाल भित्रीएका नागरिकलाई ग्रिनसिटी सामुदायीक केन्द्र आदर्शनगर, रुंगटा वेलफेयर सोसाईटी र व्यबस्थीत बीरगंज अभियानको सहयोगमा खाना खुवाउने व्यबस्था मिलाईएको ग्रिनसिटी सामुदायीक केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताउनुभयो ।

यता आज बिहान वीरगञ्जको ठाकुरराम क्याम्पसको क्वारेन्टाईनमा रहेका थप १ सय ७६ जना भारतीय नागरिक सहित ५ सय ६२ जनालाई आईसीपी भन्सार हुदै भारत तर्फ पठाईएको छ ।

नेपाली सुरक्षाकर्मीले उनीहरुलाई आईसीपीमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button