भारतबाट भित्रिएका दुई हजार एक सय ३४ जना क्वारेनटाइनमा
सन्धिखर्क । अर्घाखाँचीमा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाहरूबाट आउनेको सङ्ख्या दुई हजार एक सय ३४ पुगेको छ ।
रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।
भारतका विभिन्न स्थानबाट कृष्ण नगर र बेलहिया नाका हुँदै आज एकै दिन पाँच सय १२ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो ।
पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका तीन सय एक जना, भूमिका स्थान नगरपालिकाका पाँच सय ६४ जना, शितगंगा नगरपालिकाका चार सय ६७ जना, पाणिनी गाउँपालिकाका एक सय ९६ जना, माला रानी गाउँपालिकाका तीन सय ९८ जना र छत्रदेव गाउँपालिकामा एक सय आठ जना गरी दुई हजार एक सय ३४ जना जिल्ला भित्रिएका हुन् ।
जिल्लाका छ स्थानीय सरकारले बनाएको एक सय ३२ स्थलका क्वारेनटाइनमा सबै २१ सय ३४ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनभयो ।








प्रतिक्रिया राख्नुहोस्