तपाईँ सुन्दै हुनुहुन्छः

बारामा दुई सैनिकसहित थप पाँच जनामा कोरोना पुष्टि

बारा । बारामा दुई सैनिकसहित थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।

पचरौता नगरपालिकाको क्वारेनटाइनमा बस्दै आएका तीन जना र क्वारेनटाइनको सुरक्षामा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

सुरक्षा खटिएका सैनिकहरू वर्ष ३५ र ३६ हुन् भने क्वारेनटाइनमा रहेकाहरू वर्ष १९ ,३० र ३५ का पुरुषहरू हुन् ।

उपचारपछि दुई जना निको भएर घर फर्किएका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

यसभन्दा अगाडि जिल्ला प्रहरी कार्यालय कलैया बारामा नेपाल प्रहरीको सात जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमित भएका पचरौता नगरपालिकाका व्यक्तिहरू गत वैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेनटाइनमा बस्दै आएका थिए ।

उनीहरूको जेठ ७ गते स्वाब सङ्कलन गरी परीक्षणको लागि काठमाडौँको टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

हाल पचरौता नगरपालिकाको क्वारेनटाइनमा एक सय तीन जना रहेका छन् ।

यो सँगै बारामा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button