भारतबाट फर्किएका २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ

पर्वत । पर्वत जिल्लामा भारतबाट फर्किएका २९ जनामा कोरोना सङ्क्रमण नभएको पाइएको छ ।
भारतबाट फर्किएका ४१ मध्ये २९ जनामा गरिएको स्वाब परीक्षणमा कसैमा पनि कोरोना नरहेको पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आइतबार र सोमवार गरी ४१ जना जिल्ला भित्रिएकोमा यसअघि पाँच जनाको आइतबार नै रिपोर्ट नेगेटिभ आएको थियो ।
सोमवार (हिजो) स्वाब सङ्कलन भएका सात जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । अहिलेसम्म कोरोना परीक्षण गरिएका पर्वत जिल्लाका ६३६ जनामा कोरोना नभएको रिपोर्ट आइसकेको छ ।
कोरोना सङ्क्रमण नदेखिएपछि कुस्माका क्वारेण्टाईनमा रहेकालाई १४ दिनसम्म सम्बन्धित पालिकाको क्वारेण्टाईनमा बस्ने गरी पठाउने तयारी भएको पर्वत अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्