तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा ३ जनाको आरडीटी परिक्षण पोजेटिभ


महोत्तरी । महोत्तरीमा ३ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ । तीन जनाको आरडीटी परिक्षण पोजेटिभ आएपछी उनीहरुलाई जलेश्वर स्थित जलेश्वर अस्पतालमा तयार पारिएको कोभिड अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

जलेश्वर नगरपालिका स्थित रामानन्द विशेश्वर महेन्द्र क्याम्पसमा रहेको एकै परिवारका तीन जनामा आरडीटी परिक्षण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिनुभयो । आरडीटी परिक्षण पोजेटिभ आएका तीनै जना भारतबाट आएका हुन् । उनीहरुको पीसीआर विधिबाट समेत परिक्षण गरिने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तीनै जनाको स्वाब संकलन भएको फोकल पर्सन झाले बताउनुभयो ।

महोत्तरीमा चार सय जनाको (आरटिडी) परिक्षण भएको र अन्य कसैको पनि पोजेटिभ नआएको उहाँले बताउनुभयो । त्यस्तै महोत्तरीमा १९ स्थानमा रहेको क्वारेन्टाईनमा १ हजार ५ सय ५३ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button