दोधारा चाँदनी झोलुङ्गे पुलमा तालाबन्दी

कञ्चनपुर । भारतीय क्षेत्रबाट अवैध बाटो हुँदै आउने व्यक्तहरूको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुलमा तालाबन्दी गरिएको छ ।
वैधानिक सीमा नाका गड्डा चौकीबाट भित्रिने व्यक्तिहरूलाई प्रशासनले रोक लगाएपछि धेरैजसो व्यक्तिहरू लुकीछिपी भारतीय जङ्गलको बाटो हुँदै कञ्चनपुरको महाकाली नगरपालिका भित्रिने गरेको र त्यसपछि उनीहरूको उद्धारका लागि दोधारा चाँदनी झोलुङ्गे पुलको बाटो प्रयोग हुने गरेको छ ।
निरन्तर आवागमन बढेपछि उक्त क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै भीमदत्त नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले झोलुङ्गे पुलको मूल गेटमा आइतबार ताला लगाएका हुन् ।
विषम परिस्थितिमा झोलुङ्गे पुलबाट भित्रिने प्रवासी नेपालीको उचित व्यवस्थापन र उक्त क्षेत्रमा स्यानिटाइजर छर्किनु पर्ने स्थानीयले माग राखेका छन् ।








प्रतिक्रिया राख्नुहोस्