वडाअध्यक्षले आफुखुशी राहत बाँडेको भन्दै कार्यालयमा तालाबन्दी
सल्यान । वडा अध्यक्षले आफुखुशी राहत वितरण गरेको भन्दै सल्यानको शारदा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन ।
राहत वितरण गर्दा वडा अध्यक्षले मनोमानी ढङगले वितरण गरेको भन्दै स्थानीयले शुक्रबार दिउँसो तालाबन्दी गरेको हुन ।
पहिलो चरणको राहत वितरण गर्दा आफ्नो नजिकको मान्छेलाई बितरण गरेको र अहिले दोस्रो चरणको राहत वितरण गर्दा पनि पार्टीको मान्छेलाई र नजिकको मान्छेलाई वितरण गरेको भन्दै तालाबन्दी गरेको स्थानीय रोजेश बुढाथोकीले जानकारी दिए ।
राहत वितरण गर्दा स्वच्छ निष्पक्ष तरिकाले गरिब, विपन्न बर्गलाई वितरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्