तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ मावि सेमी आइसोलेसनका २५ सङ्क्रमित गण्डक अस्पताल सारियो

 

वीरगन्ज । नारायणी अस्पतालको स्वामित्वमा रहने गरी गण्डक अस्पतालमा कोभिड–१९ नारायणी अस्पताल सञ्चालन गर्ने सहमति भएसँगै पहिलो चरणमा आज सिद्धार्थ माविको सेमी आइसोलेसनमा रहेका २५ जना सङ्क्रमितहरूलाई गण्डक अस्पतालको आइसोलेसनमा सारिएको छ ।

नेपाल प्रहरीको स्कटिङ्मा चार वटा एम्बुलेन्समार्फत सङ्क्रमितहरूलाई अहिले सार्ने काम भर्खरै सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाले सो अस्पताल नारायणी अस्पताललाई हस्तान्तरण गर्न ढिलाइ गर्दा सिद्धार्थ माविको सेमी आइसोलेसनमा बसेका सङ्क्रमितहरूका कारण समस्या बढ्दै गएको थियो ।

हिजो महानगरपालिकाले नारायणी अस्पताललाई व्यवस्थापनको जिम्मासहित गण्डक अस्पताललाई नारायणी अस्पतालको छुट्टै कोरोना अस्पतालको रूपमा सञ्चालन गर्न जिम्मा दिएपछि आज सङ्क्रमितहरूलाई सारिएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button