तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले चीनबाट ल्यायो १८ टन स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।

ल्याइएको सामानमा पिपिई, एन-९५ मास्क लगायतका सामान रहेको सेना स्रोतले बताएको छ । ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो।

सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो। कन्टेनरमा करिब ८ टन सामान भएको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button