प्रेस युनियन सुनसरीद्वारा पत्रकारको निशुल्क कोरोना वीमा
सुनसरी । प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघमा आबध्द र अन्य सक्रिय पत्रकार गरी १५० जना पत्रकारको निःशुल्क वीमा गरेको हो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच भएको सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरस देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका तर्फबाट प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् ।
कम्पनीका इटहरी व्यवस्थापक भोजराज अधिकारी, विराटनगरका व्यवस्थापक सुनिल ठाकुर तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेल तथा महासचिव विवेक गौतम लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्