तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित बढेपछि परीक्षणको दायरा बढाईयो  

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोनाको संक्रमित विरामीको संख्या बढेपछि अहिले उनीहरुको कन्ट्राक्ट्रेसिङ्गको आधारमा कोरोनाको पि सि आर तथा आर डिटी परीक्षणमा तीब्रता दिईएको छ ।

खास गरेर प्रदेशको विभिन्न जिल्लाहरुमा परीक्षणको दायरा बढाएर परीक्षण गर्ने कार्यमा तीब्रता दिईएको प्रदेश नं २ का सामाजिक विकासमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी गराउनु भएको छ ।

दुई दिन भित्रमा १ हजार जनाको स्वावको संकलन गर्ने गरि स्वास्थ्यकर्मीहरु परिचालन गरिईएको सामाजिक विकास मन्त्रालये जनाएको छ । आज दिउँसोसम्म पर्सा तथा वारा जिल्लामा मात्र ३ सय ५० जनाको स्वावको संकलन गरिएको छ ।

कन्ट्राक्ट्रेसिङ्गमा परेका अझै ३ सय ६० जनाको स्वावको संकलन गर्ने कामकाज गरिने भएको छ । यसका साथै रौतहट तथा महोत्तरीको विभिन्न पालिकाहरुमा पनि स्वाबको संकलन गर्ने काम भईरहेको छ ।

धनुषा, सर्लाही, सिरहा तथा सप्तरी जिल्लामा पनि स्वाव तथा थ्रोटको संकलन गर्ने तयारी गरिएको प्रदेश नंं २ का सामाजि विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

हाल प्रदेश नंं २ को विभिन्न कोभिड अस्पतालमा ९६ जनाको उपचार भईरहेको छ । केही उपचार पछि निको भएर घर पनि फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश नंं २ को विभिन्न जिल्लामा गरेर ४ हजार ९ सय ८० जनाको स्वाव तथा थ्रोटको संकलन गरेको छ । ३ हजार ७ सय १७ जनाको स्वावको प्रयोगशालामा रीक्षण गर्ने काम पनि सम्पन्न भएको सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

आर डि टी तर्फ ५ हजार ५ सय १७ जनाको परीक्षण गर्ने काम भएको छ । प्रदेश भरिमा १ सय ८१ वटा क्वारेन्टाईन रहेकोमा हाल उक्त क्वारेन्टाईनमा १ हजार २ सय ९ जना संकास्पद व्यक्ति भर्ना रहेका छन् भने होम क्वारेन्टाईनमा ४ हजार ६ सय ८८ जना स्वास्थ्य कर्मीको निगरानीमा रहेका छन् ।

प्रदेशमा आईसोलेशन वेडको क्षमता ३ सय ९८ रहेकोमा हाल १ सय ८ जनाको भर्ना गरेर उपचार गर्ने कामकाज भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button