तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सीमामा अलपत्र चार सय ५० जनाको उद्धार

नेपालगन्ज । नेपाल–भारत सीमामा अलपत्र परेका बाँकेका चार सय ५० जनालाई उद्दार गरेर क्वारेन्टाइनमा राखिएको छ ।

नरैनापुर गाउँपालिकामा मात्र भारतबाट आएर सीमामा अलपत्र परेका तीन सय ७१ जनालाई क्वारेन्टाइनमा ल्याएर राखिएको छ भने डुडुवा, राप्तीसोनारी र खजुरामा ७९ जनालाई ल्याइएको छ ।

भारतका विभिन्न शहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न आठ वटा क्वारेन्टाइनमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइन थपेर उनीहरुको व्यवस्थापन गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

भारतबाट आउनेको संख्या दिनहुँ बढ्न थालेपछि बाँकेमा क्वारेन्टाइन थपेर २५ पुर्याइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

नरैनापुरमा भारतबाट आएका ४५ जनाको स्वाब संकलन गरेर पिसिआर विधिबाट परिक्षण गर्न भेरी अस्पताल नेपालगन्ज पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button