अब काठमाडौं आउन गृहको लिखित स्वीकृति चाहिने
काठमाडौं। गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ नयाँ ब्यवस्थासँगै
अब कुनै जिल्लाबाट कसैलाई काठमाडौं पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारबाट लागू हुने गरी सो निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।
सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएकाे पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्