तपाईँ सुन्दै हुनुहुन्छः

सीमा समस्या समाधान गर्न र कोरोना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा सांसदहरुले महत्वपूर्ण विषयहरु उठाएको भन्दै त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकमा सांसदहरुले छिमेकी मुलुकले सिमाना मिचेर नेपालको स्वाभिमानमा चोट पु¥याएको भन्दै यस्ता समस्याको दिर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले भारतले नेपालको भुमि अतिक्रमण गरेर सडक निर्माण गरेको, नेपालको सिमा क्षेत्र समेट्ने गरी नक्सा सार्वजनिक गर्दा समेत सरकारले समयमा समस्या समाधान गर्न ध्यान नदिएका कारण समस्या बढ्दै गएको बताउनुभयो ।

सांसदहरुले सरकारको संविधानले कोरोनाका कारण मानिसको मृत्यु नभएपनि पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण बढ्दै गएकाले उच्च सावधानी अपनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कोरोना महामारी बढेसँगै विभिन्न देशमा अलपत्र परेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वेश फर्काउन र प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो ।

भारतबाट लुकिछिपी असुरक्षित रुपमा आएका व्यक्तिहरुका कारण कोरोनाको संत्रमण फैलिरहेको कारण सिमानामा कडाई गर्न र सुरक्षाको दायरा बढाउन सांसदहरुले माग समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button