तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा ८८ प्रतिशत निजी आवास निर्माण सम्पन्न

मेलम्ची । २०७२ सालको बिनासकारी भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार बिहीन हुन पुगेका मध्ये ७६ हजार नौ सय ८० परिवारले नयाँ घरमा बसाइ सरेका छन ।

निजी आवासतर्फ सिन्धुपाल्चोकमा हालसम्म कायम भएका पछिल्लो गुनासोसहित जम्मा लाभग्राही ९० हजार सात सय ५९ रहको र ८७ हजार सात सय ५८ लाभग्राहीले सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका प्रमुख भरत आचार्यले बताउनुभयो ।

अनुदान सम्झौता गरेर ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ता वापतको रकम लिएको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयसँग तंथ्याक छ । सिन्धुपाल्चोकमा रकम बुझेर घर निर्माण नगर्ने १६ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम फिर्ता गरिसकेको प्रमुख आचार्यले बताउनुभयो ।

सिन्धुपाल्चोकका एक सय ६८ पहिचान भएका भूमिहीन लाभग्राहीहरूमध्ये ३५ जनाले मात्र जग्गा खरिद गरि अनुदान प्राप्त गरेका छन् । भने जिल्लामा सात सय १७ जना बिस्तापित भएका मध्ये तीन सय २१ जना लाभग्राहीले मालपोत कार्यालयबाट जारी भएको लिखतको आधारमा अधिकतम प्रति लाभग्राही दुई लाखसम्म जग्गा खरिद बापतको थप अनुदान पाइसकेका छन भने तीन सय १९ जनाले आवास निर्माण गरिसकेका छन् । जस मध्ये हेलम्बु दुई चित्रेको दुई परिवारले जग्गा पुर्जामा भए जति नभएको भन्दै पुर्जा मुताविकको जग्गा माग गरिरहेका छन् ।

यस्तै २०७६ चैत्र मसान्तसम्म पहिचान भएका ९० हजार पाँच सय ७९ कुल लाभग्राही मध्ये ७६ हजार नौ सय ८० भूकम्प पीडितले नयाँ तेस्रो किस्ता बापतको रकम बुझेका जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)का प्रमुख सन्तोष निरौला बताउनुहुन्छ । उहाँका अनुसार चैत्र मसान्त सम्म लाभग्राही मध्ये ८७ हजार छ सय ८७ लाभग्राहीले पहिलो किस्ताबापत ५० हजार र ८४ हजार चार लाभग्राहीले दोस्रो किस्ताबापत थप एक लाख ५० हजारको लागि सिफारिस भएको छ । उहाँका अनुसार ८८ प्रतिशत निजी आवास सम्पन्न भएको छ ।

राहत लिनेले गरे सडकमा श्रमदान
निम्न बर्गका परिवारलाइ सरकारले दिएको राहत मेलम्ची नगरपालिका वडा नम्बर ९ ज्यामिरे बासीले सडकमा श्रमदान गरेका छन ।

वडाका निम्न बर्ग भित्र परेका ३० घरधुरिका बासिन्दाले आफुले दैनिक पाउने नगद रु सात सय ५० बाट दैनिक हाजिरी गरेर सडकमा नाली कटान गर्ने सडक मर्मत गर्ने जस्ता काम गरेका हुन ।

निम्न बर्ग भित्र अपाङ्गता भएकाहरु र कामै गर्न नसक्नेहरु पनि छन उनीहरुले भने काम गर्नु नपर्ने सिधै नगद पाउने भएकाले काम गर्न सक्नेले मात्रै सडकमा श्रमदान गरेका वडा अध्यक्ष कमल बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button