नेपालगन्जमा सङ्क्रमित सम्पर्कका तीन सय ७२ जनाको स्वाब सङ्कलन

नेपालगन्ज । नेपालगन्जमा एउटै टोलका २३ सहित २४ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका तीन सय ७२ जनाको स्वाब संकलन गरिएको छ ।
२३ जना सङ्क्रमित भेटिएको वडा नम्बर ८ जोल्हनपुर्वा, त्यस आसपासका क्षेत्र, सङ्क्रमितहरु आवतजावत गरेको रानीतलाउ, तरकारी मण्डी, पान पसल, खाद्यान्न पसल लगायतमा कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
संकलित स्वाब मध्ये एक सय ७६ परिक्षणकै क्रममा छन् भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
एक सय ६२ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र १४ स्वाबको नेपालगन्जको भेरी अस्पतालमा परिक्षण भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्