बारामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट नेगेटिभ

बारा । कोरोना सङ्क्रमण पुष्टि भएका बाराका दुई जना पुरुषको सम्पर्कमा आएका ७८ जनामा सङ्क्रमण नभएको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्याव परिक्षणका क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख राजकिशोर पण्डितले बताउनुभयो ।
पहिलो चरणमा गत बैशाख २० गते सङक्रमितको परिवारका सदस्यलगायत दैनिक सम्पर्कमा रहने सात जनाको परीक्षण गरिएको थियो ।
बाँकी ७१ जनाको परीक्षण रिपोर्ट भने आज सार्वजनिक भएको प्रमुख पण्डितले बताउनुभयो ।
कोरोना सङक्रमित जीतपुरका ४३ वर्षीय पुरुष र सिम्रौनगढ घर भई ईनवासिरामा बस्दै आएका मदर्साका धर्मगुरु मौलानाको सम्पर्कमा आएका ७९ जनाको पहिचान गरी स्वाब सङ्कलन गरिएकोमा एक जनाको स्वाब सङ्कलनमै त्रुटी भएकाले परीक्षण हुन नसकेको उहाँले बताउनुभयो ।
सम्पर्कमा आएकाहरू मध्ये परिवारका सदस्यसहित ६ जनालाई सिमरास्थित कोरोना विशेष अस्थाइ अस्पतालको आइसोलेसनमा राखिएको र एक जनालाई वीरगञ्जको चिनी मिलस्थित रहेका सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ ।
बाँकी ७२ जना भने, होम क्वारेन्टाइनमा बस्दै आएका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । ती दुवै ठाँउ सिल गरिएको छ ।
सिलका कारण नागरिकमा सास्ती भएको हो रिपोर्ट नेगेटिभ आएसँगै ती २ वडाका नागरिकमा भने खुसी छाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले स्याव संकलन गरेका ७८ जनालाई पुनह होम क्वारेन्टाइनमा राखी परिक्षण गर्ने त्यसपछि आएको रिजल्टको अधारमा मात्र सिल गरिएको ठाँउका बारेमा छलफल गरि प्रक्रिया अगाडी बढाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्