प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत भएको छ ।
उक्त प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिवद्ध रहेको बताउनुभयो ।
अर्थ मन्त्री खतिवडाले संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रुपमा रहेको सार्वजनकि, निजी, सहकारीका माध्यमबाट सामािजक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्ने तर्फ बजेट केन्द्रित गरिने जानकारी दिनुभयो ।
संविधानप्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन, समृद्धिको यात्रामा प्राप्त भएको उपलब्धी एवम् नागरिकलाई गुणस्तरीय एवम् प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने मन्त्री खतिवडाले जोड दिनुभयो ।
उहाँले भविस्यमा आउन सक्ने विपदसँग जुध्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरानाले पारेको प्रभाव न्युन गर्दै अर्थतन्त्रलार्य थप गतिशिल बनाउन बजेट प्रभावकारी रुपमा परिचालन गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री डा. खतिवडाले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यवद्धालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षत्रेलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेज मार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल यही वैशाख २९ र ३० गते गर्ने कार्यसूची तय गरिएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्