उदयपुरको भुल्केमा थप १ जना कोरोना संक्रमित
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा पुनः परिक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
२८ जना संक्रमित फेला परेको भुल्केमा शनिबार बिहान मात्र ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । पुनः परिक्षणको क्रममा शनिबार साँझ एक जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
प्रमुख सुवेदीका अनुसार भुल्केका ४३ वर्षिया महिलामा संक्रमित पुष्टि हो । अव भुल्केमा मात्र संक्रमित संख्या ३२ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्