तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको नेपालगन्जमा निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरेर परिक्षण थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

आज प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमित वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ११ का अध्यक्ष उज्जवलसिंह राठोर, १२ का अध्यक्ष बुद्धिसागर सुबेदी र १३ का अध्यक्ष विरेन्द्र बहादुर शाहको स्वाब लिएर परिक्षणका लागि भेरी अस्पतालमा पठाइएको हो ।

नेपालगन्जमा वडा नम्बर ८ को एउटै टोल जोल्हनपुर्वामा मात्रै २३ जना संक्रमित भेटिएका छन् भने वडा नम्बर ७ मा एक जना गरी अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button