तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा किट अभावमा रोकिएको पीसीआर परीक्षण सुरु


मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रोकिएको कोरोना भाइरस (कोभिड १९) को परिक्षणको काम आजबाट पुनः सुरु भएको छ । किटको अभावका कारण रोकिएको कोरोना परिक्षण कार्य आजबाट पुन सुरु भएको हो ।

संघीय सरकारले पीसीआर किट उपलब्ध गराएपछि आजबाट परिक्षण सुरु भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिनुभयो ।

हिजो संघीय सरकारमार्फत हेटौंडाको ल्यावका लागि चार सय किट प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

संघीय सरकारले बागमती सरकारलाई उपलब्ध गराएको पीसीआर र आरडीटी दुवै किट अभावमा दुईदिनदेखि परिक्षण रोकिएको थियो ।

यसअघि संघीय सरकारले पाँच सय पीसीआर किट दिएकोमा सबै किट सकिएर परिक्षण रोकिएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनबाट चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ ।

यस अघि दुई दिन किट अभाव हुँदा परिक्षणका लागि १० जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो ।

बाग्मती प्रदेशमा चितवन, धुलिखेल, टेकु र वीर अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button