मकवानपुरमा १४ हजार बढी परिवारलाई राहत वितरण
मकवानपुर । मकवानपुरमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुधिरहेका बेला १४ हजारभन्दा बढि विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
बिहीबारसम्म जिल्लाका १० स्थानीय तहहरुले १४ हजार तीन सय ६९ परिवारलाई राहत वितरण गरिसकिएको जानकारी दिएका छन् ।
स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरेको जानकारी दिएको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जनाएको छ ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार स्थानीय तहले नेपाल सरकारको मापदण्डलाई आधार मानेर आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेको बताउनुभयो ।
ंबिशेष गरी लकडाउनले प्रभावित अति विपन्न, असाह्य र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरेका छन् ।
स्थानीय तहहरुले वितरण गरेको राहतको विवरण जिससलाई उपलब्ध गराउने दगरेको समेत उहाँले जानकारी दिनुभयो ।
प्रमुख खुलालका अनुसार जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले १० हजार एक सय पाँच परिवारलाई राहत वितरण गरेको छ भने कैलाश गाउँपालिकाले अहिलेसम्म कुनै पनि राहत वितरण गरेको छैन् ।
त्यस्तै थाहा नगरपालिकाले अहिलेसम्म एक सय ४५ परिवार, मनहरी गाउँपालिकाले तीन हजार तीन सय ३४ परिवार, राक्सिराङ गाउँपालिकाले एक हजार पाँच ६५ परिवार, बकैया गाउँपालिकाले एक हजार दुई सय ७५ परिवार, मकवानपुरगढी गाउँपालिकाले चार ६३ परिवार, बागमती गाउँपालिकाले चार सय ५० परिवार, भीमफेदी गाउँपालिकाले दुई सय ३६ परिवार र ईन्द्रसरोवर गाउँपालिकाले एक सय ३१ परिवारलाई राहत वितरण गरेको जानकारी दिएका छन् ।
जिल्लाका स्थानीय तहहरुले व्यवस्थित तरिकारले राहत वितरण गरेको तथा आफ्नो क्षमता अनुसार कोभिड–१९ बिरुद्धको प्रतिकार्यको काम गरेको पाइएको समेत प्रमुख खुलालले बताउनुभयो ।
लकडाउनकै अवस्थामा जिल्लाको प्राय सबै स्थानीय तहमा पुगेर स्थलगत अवलोकन गरेको बताउँदै उहाँले कोरोना विरुद्ध मकजानपुरका स्थानीय तहहरु निकै सकृय भएर लागेको पाइएको बताउनुभयो । त्यसका लागि स्थानीय तहहरुलाई प्रमुख खुलालले धन्यवाद समेत दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्