तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा कैलालीमा एकको मृत्यु, एक घाइते

टीकापुर कैलाली । एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा कैलालीमा आज सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–९ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी–१० का ३५ बर्षीय गोरख ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ओमसाई अस्पतालको से १ च १८२८ नम्वरको एम्बुलेन्स र पूर्वबाट पश्चिमतर्फ गइरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर १० का २८ बर्षीय भरत बोहरा भने घाइते भएका छन् ।

एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका वडा नम्वर १० का ५४ बर्षीय आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखड्ले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button