क्वारेन्टाइनमा बसेका ३६ भारतीयलाई आफन्तको जिम्मा लगाइयो
बीरगंज । बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ३६ जनालाई आज एक कार्यक्रमकाबीच आफन्तको जिम्मा लगाइएको छ ।
काठमाडौं, नारायणगढ, पोखरालगायतका स्थानबाट आएका भारतीय नागरिकहरुलाई झण्डै तीन साता बीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखी आज भारतीय महावाणिज्य दुतावास वीरगंजका प्रतिनिधिको उपस्थितिमा आफन्तहरुको जिम्मा लगाइएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो ।
ठाकुर राम क्याम्पसको क्वारेन्टाइनमा रहेका एक सय १७ जना भारतीय नागरिक मध्ये ३६ जनालाई आफन्तको जिम्मा लगाएपछि अन्य ८१ जनाको आफन्त नआएको हुँदा क्वारेन्टाइनमै राखिएको छ ।
यसअघि पनि ठाकुरराम क्याम्पसको क्वारेन्टाइनबाट पटक पटक गरी एक सय ७० जनालाई आफन्तको जिम्मा लगाइएको अध्यक्ष खेतानले जानकारी दिनुभयो ।
ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई स्थानिीय प्रशासनको सहयोगमा सामुदायिक सेवा केन्द्रले विहान बेलुकाको खाना र दिउँसो नास्ताको निःशुल्क व्यवस्था गर्र्र्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्