तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जका संक्रमित सबै एकै टोलका

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा आज कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका सबै १५ जना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहनपुर्वा टोलका स्थानीय रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमणको पुष्टि भएका नेपालगञ्ज वडा नम्बर ७ डिएसपी रोडका पहिलो संक्रमित ६० वर्षीय पुरुषसंग सम्पर्कमा आएका ९० जनाको हिजो स्वाब संकलन गरिएको थियो । आज भेरी अस्पतालमा अहिलेसम्म परिक्षण गरिएका ५५ नमुना मध्ये १५ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । थप ३५ जनाको रिपार्ट आउन बाँकी छ ।

पहिलो संक्रमति व्यक्ति जोलहनपुर्वास्थित मस्जिदमा आउजाउ गर्नुका साथै त्यहाँ रहेको मदरसामा स्थानीय बालबालिकालाई पढाउने गरेको थाहा भएपछि हिजो त्यस क्षेत्रबाट स्वाब लिइएको थियो । संक्रमित व्यक्तिहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button