तपाईँ सुन्दै हुनुहुन्छः

सयौँ नेपाली अझैपनि भारतीय सीमावर्ती क्वारेन्टाइनमा

कञ्चनपुर । कञ्चनपुर र कैलालीका भारतसंग सीमा जोडिएका क्षेत्रमा सयौँ नेपाली नागरिकहरु भारतीय भूमिमा रहेका क्वारेन्टाइनमै राखिएका छन् ।

कञ्चनपुरसँग सीमा जोडिएका भारतीय क्षेत्रमा २ सय ५१ जना र कैलालीसंग सीमा जोडिएका भारतीय क्षेत्रमा १ सय ३५ जना पछिल्लो एक महिना भन्दा लामो समयदेखि क्वारेन्टाइनमा बसेका छन् ।

सुरुवाती समयमा क्वारेन्टाइन अवधि पूरा गरेपछि नेपाल भित्र्याइने आश्वासन दिइएपनि अहिलेसम्म उनीहरुको उद्धार हुन सकेको छैन । अहिलेसम्म पनि भारतीय सीमावर्ती क्वारेन्टाइनमा बसिरहेका नेपाली नागरिकको उद्धारको लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button