तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा पाँच सय ६९ शैयाको क्वारेन्टाइन सञ्चालनमा

जुम्ला । जुम्लामा ५६९ शैयाको क्वारेन्टाइन र दुई सय शैयाको आसोलेशन सञ्चालनमा आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेशन सञ्चालनमा ल्याइएको हो । कर्णाली स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा २०० शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

यहाँको एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा कनकासुन्दरी गाउँपालिकाले ६० शैया क्वारेन्टाइन, तातोपानी गाउँपालिकामा ९०, तिला गाउँपालिकामा ५४, हिमा गाउँपालिकामा ३०, सिंजा गाउँपालिका ४०, गुठीचौर गाउँपालिकामा २०, पातारासी गाउँपालिकामा ४५ र चन्दननाथ नगरपालिकामा ३० शैयाको गरी ५६९ शैय्याको क्वारेन्टाइन तयार गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयोे ।

देश लकडाउन भएपछि देशका विभिन्न ठाँउमा अलपत्र परेका यहाँका नागरिक लाई प्रदेश सरकार, विभिन्न सामाजिक संघसस्था र सम्बन्धित स्थानीय तहले उद्धार गरेर जिल्ला भित्रिएपछि क्वारेन्टाइनको क्षमता जिल्लाका स्थानीय तहहरुले बढाएका हुन् । जिल्लाभर २६४ शैय्याको मात्र यो भन्दा पहिलो क्वारेन्टाइन रहेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button