कोरोना संक्रमितलाई खाना पुर्याउन रोबोट निर्माण
विराटनगर । विराटनगर स्थित कारखाना यूवा समूहले कोरोना सक्रमित बिरामीलाई सहज रुपले अस्पताल भित्र खाना तथा औषधि पुर्याउन रोबोट निर्माण गरेका छन ।
सातजना युवा मिलेर ड्रोन क्यामरा सहित ‘डेलिवरी व्वाई’ नामका सो रोबोट आज युवाहरुले विराटनगर महानगरपालिकाकालाई हस्तान्तरण गरेका छन ।
महानगरपालिकाको सहयोगमा ५० हजार रुपैयाँ लागतमा सातजना युवाले निर्माण गरेको उक्त रोबोट महानगरपालिकाका प्रमुख भिम पराजुलीलाई हस्तान्तरण गरेका हुन ।
विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचारमा रहेका कोरोना सक्रमितलाई खाना तथा औषधि पुर्याउन सहज होस भन्ने उदेश्यले रोबोट निर्माण गरेका हुन ।
विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको संक्रमितहरुलाई खाना लगायत औषधिहरु संक्रमित रहेको ठाउमा पुर्याउन रोबोट प्रयोगमा ल्याईने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा संगिता मिश्राले बताउनुभयो ।
महानगरपालिकाका प्रमुख पराजुलीले उक्त रोबोट कोशी अस्पतालका प्रमुख डा. मिश्रालाई आजै हस्तान्तरण गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्