हातहतियार तथा खरखजना कसुरमा फरार प्रतिवादी पक्राउ

सल्यान । सल्यान प्रहरीले हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा फरार एक जनालाई पक्राउ गरेको छ । कुमाख गाउँपालिका २ का ४६ वर्षिय भिम बहादुर भन्ने भिमे रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
कुमाख गाउँपालिका ४ स्थित भेरी नदीको किनारमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आपराधिक प्रवेश तथा अपराधिक उपद्र सम्बन्धी कसुर र सार्वजनिक शान्ति विरुद्ध कसुरमा फरार रावतलाई पक्राउ गरी अनुसन्धान बढी बढाइएको प्रहरीको भनाई छ ।
पक्राउ परेका रावतलाई जिल्ला अदालत सल्यानबाट पहिलो पटक १५ दिनको म्याद थप लिई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्