बैंकले दियो घरमै बसेर औषधी किन्ने सुविधा
मेगा बैंक नेपाल लिमिटेडले आफना ग्राहकहरुलाई विशेष छुटमा घरमै औषधी किन्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
देशव्यापी लकडाउनको अवस्थामा मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँगको साझेदारीमा घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको जनाएको हो ।
औषधि किन्न मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले १० प्रतिशतसम्मको छुट समेत पाउने भएका छन् ।
मेगा बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीमा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि किन्न सक्ने व्यवस्था मिलाएको हो ।
कोरोना भाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग सम्झौता गरेको मेगा बैंकले जनाएको छ ।
मेघा बैकले घरमै बसेर बिना झन्झट औषधि किन्ने सुविधा उपभोग गर्न ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्