तपाईँ सुन्दै हुनुहुन्छः

गोहीको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा गोहीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३, कोठियाघाटकी ५० वर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

स्थानीयका अनुसार लामिछाने शुक्रबार बिहान गेरुवा नदीमा माछा मार्न गएकी थिइन्। दिउँसोसम्म घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो। खोजीका क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो।

प्रहरीका अनुसार खोजीका क्रममा शुक्रबार राति १० बजे नदीमा तैरिरहेको अवस्थामा लामिछानेको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी उपरीक्षक रेशम बोहराले आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button