रिपोर्ट नेगेटिभ आएपछि १ सय ५४ जना घर फिर्ता
नेपालगन्ज । बाँकेमा र्यापिड डायग्नोष्टिक टेस्ट(आरडिटी) किट परिक्षणमा १ सय ५४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
आज राप्तीसोनारी गाउँपालिकामा क्वारेन्टाइनमा १४ दिन बसेका १५ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ । नरैनापुर क्वारेन्टाइनबाट १ सय ३४, खजुराका ३ र जानकीका २ जनालाई पनि यसअघि नै घर पठाइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले क्वारेन्टाइन अवधि पूरा गरेकामा आरडिटी परिक्षण गर्दा नेगेटिभ देखिएपछि घरमै अरु सात दिन क्वारेन्टाइनमा बस्ने गरी पठाइएको जानकारी दिनुभयो ।
त्यस्तै पिसिआर परिक्षणका लागि काठमाडौं र रुपन्देही स्वाब पठाइएका सबै ७६ जनाको रिपोर्ट पनि नेगेटिभ आएको श्रेष्ठले बताउनुभयो । बाँकेमा अब क्वारेन्टाइनमा ३ सय ४३ जना छन् ।
नेपालगन्जमा २ सय ४, कोहलपुरमा ७५, जानकीमा २३, खजुरामा १४, डुडुवामा १२, राप्तीसोनारीमा १० र बैजनाथमा ५ जना रहेको श्रेष्ठले बताउनुभयो ।
नरैनापुरमा कोही पनि अहिले क्वारेन्टाइनमा छैनन् ।








प्रतिक्रिया राख्नुहोस्