विराटनगरमा कोरोना भाइरसका शंकास्पद विरामीको नमूना परिक्षण गरिने

विराटनगर । विराटनगरमा कोरोना भाइरस(कोभिड–१९)को शंकास्पद बिरामीको नमूना परिक्षण हुुने भएको छ ।
कोरोना भाइरस(कोभिड–१९)को शंकास्पद बिरामीको नमूना परिक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु आज हेलिकप्टरबाट बिराटनगर आइपुगेको प्रदेश न १ सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताउनुुभयो ।
कोशी अस्पताल बिराटनगरबाट कोरोना भाइरस(कोभिड–१९)को शंकास्पद बिरामको नमूना परिक्षणका लागि भोलिदेखि नै परिक्षणको तयारी शुुरु गर्न लागिएको मन्त्री घिमिरेले बताउनुुभयो ।
उहाँले कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने बताउनुभयो ।
सुनसरीको धरानबाट अहिले दैनिक करिव २० जनाको सम्म नमूना संकलन भइरहेको छ ।
विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा छ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याइएको बीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमले बताउनुभयो ।
यसैबीच भोलिदेखि प्रदेश नंं १ का क्वारेन्टाइनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ ।
भोली झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिइसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ आरडिटीमा शंकास्पद देखिएमा कोरोना परिक्षण हुनेछ ।’ उहाँका अनुसार पहिलो चरणमा पाँच हजारको टेष्ट गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्