तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समितिले विपन्न बर्गलाइ खाद्यान्न उपलब्ध गराउने

मेलम्ची । जिल्ला बासीले लकडाउनको पूर्ण पालना गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सम्पुर्ण जिल्ला बासीमा धन्यवाद दिँदै आगामी अवधीसम्म पनि लकडाउनको पुर्ण पालना गर्नुहुन अनुरोध गरेको छ ।

नेपाल सरकारको आदेशलाइ पालना गरि सञ्चार सम्वाद मार्फत आज बसेको बैठकले अन्य जिल्लाहरुबाट ज्याला मजदुरी गर्न आएका श्रमिकहरुलाइ खाद्यान्न उपलब्ध गराउने भएको हो ।

श्रमिकको समस्यालाइ मध्येनजर गदैबृ सम्बन्धित वडाबाट तथ्याङ्क संकलन गरि पालिकाबाट आएको सिफारिसको आधारमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

साथै जिल्लामा बन्न लागेको क्षेत्रियस्तरको क्वारेन्टाइनमा आवश्यक पर्ने खाद्यान्न समेत जिल्ला समन्वय समितिले समन्वय र सहकार्य गरि उपलब्ध गराउने निर्णय गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सुचना निकालेर जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button