तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस (कोभिड–१९)को कारण काम राकिएर अलपत्र परेका ९८ जना कामदार घर फिर्ता

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र यस आसपास रहेर काम गर्ने मजदुरहलाई घर पठाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को कारण काम राकिएर अलपत्र परेका ९८ जना कामदारलाइ पासको व्यवस्था गरि घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

चितवन, बर्दिया, बाँके, सिन्धुली, सप्तरी, रुकुम, सल्यान, धादिङ, जाजरकोट, काठमाडाँै, गोरखा र मकवानपुर घर भई यस क्षेत्र अन्तरगत पर्ने मेलम्ची भोताङ,मेलम्ची धाप सडकखण्डमा निर्माण कार्य गर्ने र याङग्री लार्के सडकखण्ड निर्माणको काम गर्ने ९८ (अन्ठानब्बे) जना कामदारहरुलाई घर पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट पासको ब्यवस्था मिलाई बा४ ख ७७६६,बा४ ख ५८१५ बा३ ख १७४७ र भे१ च २६३६ नं।को गाडि भाडामा खाजेर आ आफ्नो घर पठाइएको तामाङले जानकारी दिनुभयो ।

काम नभएर अलपत्र परेका कामदारहरुले आफ्नो घर जानकाए पनि खुशि ब्यक्त गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button