‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियान
सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) संक्रमणको फैलिन नदिन सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ ।
बजारदेखि गाउँको सबै स्थानलाई संक्रमणबाट जोगाउन इन्द्रावती गाउँपालिकाले ‘डिस–इन्फेक्टन्ट’ छर्किन थालेको हो ।
वडापिच्छैका स्थानीय र यात्रुको स्वास्थ्य परीक्षण गर्दै इन्द्रावतीले नवलपुरबाट किटनाशक औषधी छर्ने अभियानलाई व्यापक बनाएको हो । जिल्लाको सदरमुकाम चौतारादेखि मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म जोड्ने इन्द्रावतीको १२ वटै वडामा किटनाशक औषधी छर्किन थालिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्