जनकपुरधाममा ‘लक डाउन’ सफल

जनकपुरधाम । कोरोना विरुद्धको लडाई सफल बनाउनका लागि संघीय सरकारले आजदेखि घोषणा गरेको लक डाउन प्रदेश नंं २ को अस्थायी राजधानी जनाकपुरधाम सहित आसपासको जिल्लाहरुमा पूर्ण रुपमा सफल भएको छ ।

जनकपुरधामको जानकी मंन्दिरमा पूँजारी र आक्ल जुक्कल भक्तजन देखिए पनि पूर्ण रुपमा सडकहरु सुनसान रहेको छ । सडकहरुमा मान्छेहरु आक्कल जुक्कल हिडेपनि सुनसान रहेको छ । प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाहरु तथा प्रेसका प्रतिनिधि देखिए छ । शहर पूर्ण रुपमा सुनसान रहेको छ ।

मोटरसाईकल फाटफूट रुपमा चलेपनि सुरक्षाकर्मीले सम्झाई बुझाई घर फर्काउने गरेका छन् । कसैलाई अत्यावश्यक भएको खण्डमा प्रमाण देखेर मात्र छाड्ने कामकाज भैरहेको छ । कफ्र्यू नभए पनि कर्फु जस्तै जनकपुरधाममा देखिएको छ ।










प्रतिक्रिया राख्नुहोस्