तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरले बनायो ऐतिहासक रेकर्ड

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरले ऐतिहासक उच्च रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४१ रुपैयाँ ७ पैसा र बिक्रिदर १ सय ४१ पैयाँ ७८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button