दैनिक दुई हजार बढी नेपाल घर फर्किए
नेपालगन्ज- बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकाबाट दैनिक दुई हजार बढी नेपाल घर फर्किरहेका छन् । कोरोना भाइरसको त्रासले भारतमा रहेका नेपालीहरु धमाधम नेपाल फर्किरहेका हुन् ।
तीन दिनयता जमुनाहा नाकाबाट ६ हजार बढी नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
भारतबाट नेपाल फर्कनेहरुलाई सीमामा स्वास्थ्य चेकजाँचपछि मात्र नेपाल प्रवेश गर्न दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख माधव रिजालले बताउनुभयो । उनीहरु मध्ये धेरै भारतको हिमाञ्चल, सिमला, लखनउ, दिल्ली लगायतका ठाउँबाट फर्किरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्