तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकाहुँदै कपिलवस्तु छिरेका दुई जनामा कोरोना संक्रमणको आशंका

फाइल तस्बिर

कपिलवस्तु । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमित बढिरहेका बेला त्यसको असर सीमा नाकामा पनि देखिन थालेको छ । भारतसँग खुला सीमा जोडिएको कपिलवस्तुमा प्रवेश गरेका दुई जनामा कोरोना संक्रमणको आशंकामा उनीहरुको परिक्षण गरिएको छ ।

तौलिहवा देखि १० किलोमिटरको दुरीमा रहेको मर्यादपुर सिमाबाट नेपाल प्रवेश गरेका दुई जनामा जाँच गर्ने क्रममा उच्च ज्वरो देखिएपछि उनीहरुलाई क्वारेन्टाईन पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको अहिले जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य जाँच भैरहेको छ । कपिलवस्तु प्रहरी उपरिक्षक दिपशम्सेर जवराका अनुसार दुई जनामध्ये एक जना बेलायतबाट भारत हुँदै नेपाल फर्किएका हुन भने अर्का एक जना पन्जावबाट नेपाल फर्किदै गरेका थिए ।

उनीहरुलाई महेन्द्र आधारभुत प्रा.वि. तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भईरहेको जनाइएको छ ।

क्वारेन्टाईनमा १४ दिन राखेपछि मात्रै उनीहरुलाई आ–आफनो घर जान दिईने व्यवस्था मिलाउन लागिएको जबराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button