तपाईँ सुन्दै हुनुहुन्छः

चिडियाखान पनि बन्द

काठमाडौं।ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानासमेत बन्द गरिएको छ। शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो।

कोरोना संक्रमणको त्रास बढेपछि गत साता दैनिक एक हजारको हाराहारीमा मात्र आगन्तुक चिडियाखाना पुगेका थिए। भिडभाडमा कोरोना भाइरसको संक्रमण छिटो हुने भन्दै चिडियाखाना प्रशासनले बन्द गर्ने निर्णय लिएको हो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button