कोरोना भाइरस नेपाल नभित्रियोस भन्दै बैतडीका बिभिन्न मन्दिरहरुमा बिशेष पुजापाठ
बैतडी । कोरोना भाइरस नेपाल नभित्रियोस भन्दै बैतडीमा बिभिन्न देबिदेवताका मन्दिरहरुमा बिशेष पुजापाठ सुरु गरिएकोछ ।
भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भईरहेकाले मनोबैज्ञानिक असर कम गर्न पुजापाठ सुरु गरिएको हो ।
दशरथचन्द नगरपालिका वडा न. १मा आसिन १६ बैनि भगवती मध्येकी कान्छी बैनी निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पुजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताउनुभयो ।
त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित बिषेश पुजाआजा सुरु गरिएको वार्ड अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताउनुभयो ।
कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पुजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्