राष्ट्रियसभा बैठक : नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक सर्वसहमतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्व सहमतिले स्वीकृत गरेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भट्टराईले हवाई सेवालाईं सुरक्षित, स्तरिय र अझ प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।
मन्त्री भट्टराईले राजविराज विमानस्थबाट रात्रिकालिन उडान गर्ने तयारी समेत भइरहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्