तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभाव कम हुँदै

काठमाडौं – आइतवार देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौस पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कम हुँदै गएकाले देशको धेरैजसो स्थानको मौसम खुल्ने जनाइएको छ ।

आज देशको पश्चिम पहाडी भुभागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । भने अन्य स्थानको मौसम भने खुल्ने जनाइएको छ । अबको दुई दिन देशका धेरैजसो स्थानमा बादल नलाग्ने मौसमविद््ले जनाएका छन् । त्यस्तै आज देशको उच्च पहाडी भेग र हिमाली भेगका केहि स्थानमा मात्र हल्का हिमपात हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button