तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा टिपर दुर्घटना, चार जना घाइते

मकवानपुर । मकवानपुरमा शनिबार दिउँसो टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कान्तिलोकपथ अन्तरगत हेटौंडा–१७ स्थित सालकपार्क अगाडी टिपर दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–७ स्थित खोटार खानीबाट शिवमको ढुङ्गा लिएर उद्योगतर्फ आउँदै गरेको टिपर शनिबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ना ६ ख ७२३१ टिपर दुर्घटना हुँदा चालक मकवानपुरगढी वडा नम्बर २ का लक्ष्मण बिक, टिपरमा सवार जनज्योति प्राविका शिक्षिकाद्वय हेटौडा–७ की अनिता पौडेल, मकवानपुरगढी–६ की पार्वती लम्साल र मकवानपुरगढी–२ का गोपाल तिमल्सिना घाइते भएका छन् ।

घाइतेमध्ये चालक बिकलाई भरतपुर रेफर गरिएको छ भने अन्य तीन जनाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ प्रहरीले जनाएको छ ।

ब्रेक फेल भई टिपर सालक पार्क निर्माण राखेको इट्टाको चाङ भत्काएर भित्तामा ठोकिन पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button